+

च्याम्पियन्स लिग : प्लेअफको पहिलो लेगमा बायर्नको जित, मिलानलाई फेयनोर्डको झट्का

२०८१ फागुन  १ गते ७:५९ २०८१ फागुन १ गते ७:५९
च्याम्पियन्स लिग : प्लेअफको पहिलो लेगमा बायर्नको जित, मिलानलाई फेयनोर्डको झट्का

१ फागुन, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत प्रि-क्‍वाटरफाइनल प्रवेशका लागि भएको प्लेअफको पहिलो लेगमा जर्मन क्लब बायर्न म्युनिखले जित निकालेको छ ।

बायर्नले सेल्टिक एफसीलाई उसैको मैदानमा २-१ गोलअन्तरले हराएको हो । बायर्नको जितमा माइकल ओलिस र ह्‍यारी केनले १-१ गोल गरे । सेल्टिकका डेजेन मायडाले गरेको गोल सान्त्वना बन्यो ।

पहिलो हाफ सकिनै लाग्दा ४५औं मिनेटमा ओलिसले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० ले अगाडि रहेको बायर्नले दोस्रो हाफमा थप अवसरहरू सिर्जना गरेको थियो ।

दोस्रो हाफको ४९औं मिनेटमा केनले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । ५६औं मिनेटमा सेल्टिकले पेनाल्टीको अपिल गरेको भएपनि भिएआरले मान्यता दिएन । ७८औं मिनेटमा मायडाले गोल गरेपनि सेल्टिक खेलमा फर्कन सकेन ।

सेल्टिकले अब दोस्रो लेगमा २ वा त्योभन्दा बढी अन्तरको जित निकाल्नु पर्नेछ । दोस्रो लेगमा पुनरगामन गर्न नसके सेल्टिक बाहिरिनेछ भने बायर्न अन्तिम १६ मा प्रवेश गर्ने छ ।

गएराति नै भएको अर्को खेलमा इटालियन क्लब एसी मिलान भने फेयनोर्डसँग पराजित भएको छ । डच क्लबका लागि तेस्रो मिनेटमा इगोर पाक्साओले तेस्रो मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । अब मिलानले घरेलु मैदानमा पुनरागमनको प्रयास गर्नेछ ।

अर्को खेलमा मोनाकोले बेनफिकालाई १-० ले हरायो । दोस्रो लेगका खेलहरू अर्को साता हुनेछन् ।

युरोपियन च्याम्पियन्स लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय