+
+
Shares

भ्रातृ संस्थाको अधिवेशनबारे छलफल गर्न कांग्रेस बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १ गते ८:४८

१ फागुन, काठमाडौं । भ्रातृ संस्थाको महाधिवेशन गराउन कांग्रेसले छलफल गर्दैछ । आज छलफलका लागि सभापति शेरबहादुर देउवा, भातृ संस्थाका अध्यक्षलगायतको स‌ंयुक्त बैठक बस्दैछ ।

भातृ संस्थाको महाधिवेशनको समन्वय र सहजीकरण गर्न बनेको पार्टीको निर्देशक समिति र भातृ संस्थाका अध्यक्षको बैठक बस्ने तय भएको कांग्रेसले जनाएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि तय गरिएको छ ।

तदर्थमा रहेका भातृ संस्थाको महाधिवेशन गराउने विषयमा बैठकमा छलफल हुनेछ । पार्टीले चैत मसान्तभित्र सबै भातृ संस्थाको महाधिवेशन गराउन निर्देशन दिएको छ ।

कांग्रेसका १३ भातृ संस्थामा निर्वाचित समिति दुईवटा संस्थामा मात्रै छ । अन्य सबैमा तदर्थ समिति छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?