
१ फागुन, काठमाडौं । सिन्धुलीमा भैंसीले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ । सुनकोशी गाउँपालिका-३ नौबिसेमा भैंसीले हानेर ७५ वर्षीय गोपाल घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
छोरा फडिन्द्रको गोठमा बाँधेको भैँसीलाई घाँस हाल्न जाँदा भैँसीले किला भाँचेर गोपाललाई हानेको थियो । फडिन्द्रले भैँसीले हानेर बुवाको मृत्यु भइसकेको भन्दै प्रहरीलाई जानकारी गराएका थिए ।
शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4