+
+
Shares

४० करोड रुपैयाँमा बिक्यो एउटा गाई, बन्यो विश्व रेकर्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १ गते १०:१८

काठमाडौं । ब्राजिलमा आयोजित पशु मेलामा भारतीय नस्लको एक गाई ४० करोड रुपैयाँमा बिक्री भएको छ । यो खरिदबिक्री मूल्यले विश्व रेकर्ड राखेको दाबी गरिएको छ ।

ब्राजिलको मिनास गेरेसमा एक ग्राहकले भियाटिना–१९ नाम राखिएको गाईलाई हालसम्मकै सबैभन्दा महँगो मूल्यमा खरिद गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ज भएको द इकोनोमिक टाइम्सले जनाएको छ ।

नेल्लोर नस्लको उक्त गाईको वजन १ हजार १०१ किलो थियो । यो वजन नेल्लोर नस्लका अन्य गाईको तुलनामा करिब दोब्बर बढी हो ।

नेल्लोर नस्लको गाई भारतको आन्ध्रप्रदेश र तेलंगनामा पाइन्छ । यो नस्लका गाई असाधारण जीन र शारीरिक रुपमा सुन्दर देखिन्छन् ।

एनडिटिभी वर्ल्डको समाचार अनुसार नेल्लोर नस्लको गाईमा गर्मी सहनसक्ने क्षमता हुन्छ । अरु गाईले गर्मीयाममा कम दूध दिने गरे पनि यो गाईको दूध भने नघट्ने दाबी गरिन्छ ।

अहिले भने यो नस्लको भियाटिना–१९ नामको गाईले विश्वभर चर्चा पाएको छ । यसअघि यो गाईले मिस साउथ अमेरिकाको टाइटल पनि जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?