+
+
Shares

७ वर्षपछि एक्सनमा फर्किए विपिन, यस्तो छ ‘कर्मा’को झलक

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १ गते १२:०७

काठमाडौं । विपिन कार्की स्टारर ‘कर्मा’को पहिलो झलक सार्वजनिक भएको छ । निर्माताले विहिबार शीर्ष कलाकार विपिनको लुक्सलाई सार्वजनिक गरेका हुन् ।

प्रायः सामाजिक चरित्रमा देखिँदै आएका कार्की यसमा एक्सन रोलमा छन् । यसअघि ‘नाका’मा एक्सन अवतारमा देखिएका उनी यो फिल्मबाट एक्सन भूमिकामा फर्किएका हुन् ।

अँध्यारो पृष्ठभूमिको पोस्टरमा विपिनलाई बन्दुक समातेर क्रोधित भावमा देख्न सकिन्छ । उनको हेयर स्टाइल पनि नयाँ छ । एक्सन र ट्राभल कथा बताइएको ‘कर्मा’को यो पोस्टरले विपिनका प्रशंसकलाई उत्साहित तुल्याउने पक्का छ ।

‘जे जान्छ, वरिपरि आउँछ’ बटमलाइनले कथावस्तु दर्शाउँछ । ‘कर्मा’लाई ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीले निर्देशन गरेका हुन् । यो फिल्म चैत २९ मा प्रदर्शन तयारीमा छ ।

फिल्ममा उपासनासिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको समेत अभिनय छ । मुकुन यो फिल्ममा खलपात्रको भूमिकामा छन् । आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?