
काठमाडौं । सलोन बस्नेतले निर्माण गरेको पहिलो फिल्म ‘रंगी’ले प्रिमियरमा प्रशंसा बटुलेको छ । बुधबार साँझ राजधानीको एक हलमा फिल्मको प्रिमियर आयोजना गरियो ।
छोरीको नाममा बस्नेतले स्थापना गरेको सान्भी इन्टरटेनमेन्ट प्रालिको यो पहिलो फिचर हो । फिल्मको कथावस्तु पनि बाबुछोरीको भावनात्मक सम्बन्ध र परिवारको मर्ममा केन्द्रित छ ।
प्रिमियरमा सलोन पत्नी करिश्मा केसीसहित कलाकार तथा पूर्वमिस नेपाल नम्रता श्रेष्ठ लगायतसँग देखिए । अन्य फिल्मकर्मी पनि समारोहमा देखिए । सुरेश न्यौपानेको यो डेब्यु निर्देशकीय फिल्म हो ।
फिल्म हेरेपछि दीपाश्री निरौला, निर्मल शर्मा, कमेडियन भरतमणि पौडेल, गम्भीर विष्ट, ज्ञानेन्द्र देउजालगायतले फिल्मको कथावस्तु मनपरेको बताए । प्रस्तुति, प्राविधिक र निर्देशकीय पक्षको प्रशंसा उनीहरूले गरे ।
फिल्ममा दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको पनि अभिनय छ । सक्षम सुवेदी, करिश्मा केसी र अनिश गौतमको निर्माण छ । निर्माणमा पत्नी करिश्माले सलोनलाई सघाएकी छन् ।
सुमन गजमेरको पटकथा, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको रङ, कविराज गहतराज र शिशिर खातीको नृत्य छ । एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्नेछन् ।
प्रतिक्रिया 4