+
+
Shares

स्ववियु निर्वाचनबारे विद्यार्थी नेतासँग कांग्रेसले सुरु गर्‍यो छलफल

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १ गते १२:३६
किशोरसिंह राठोर/फाइल तस्वीर

१ फागुन, काठमाडौं । नेपाली कांग्रेसले आगामी चैतमा हुने स्ववियु निर्वाचनबारे विद्यार्थी नेताहरूसँग छलफल सुरु गरेको छ ।

काठमाडौं उपत्यकाका क्याम्पसबाट स्ववियु सभापति र सचिव जितेकालाई बोलाएर आसन्न स्ववियु निर्वाचनबारे कांग्रेसले छलफल अगाडि बढाएको हो ।

नेविसंघ महाधिवेशनको समन्वय र सहजीकरणका लागि पार्टीबाट गठित निर्देशक समितिले गत स्ववियुमा निर्वाचित विद्यार्थी नेताहरूसँग बुधबार छलफल गरेको हो ।

स्ववियु निर्वाचन गराउने वातावरण बनाउन र क्याम्पसहरूमा नेविसंघको अवस्थाबारे छलफल भएको पार्टी केन्द्रीय सदस्य एवं निर्देशक समिति सदस्य प्रतिमा गौतमले जानकारी गराइन् ।

गत स्ववियु निर्वाचनमा काठमाडौं उपत्यकाका ठूला क्याम्पसहरू त्रिभुवन विश्वविद्यालय, आर्युवेदिक, पद्मा कन्या, शंकरदेव, पब्लिक युथ लगायतमा नेविसंघले जितेको थियो ।

५ चैतका लागि स्ववियुको निर्वाचन समय तोकिएको छ । चुनावी तालमेल नगरी प्रतिस्पर्धा गर्ने गरी छलफल भइरहेको गौतमले बताइन् ।

‘स्ववियुको चुनावमा गठबन्धन नगर्ने कुरा छ । जसले जिते वा हारेपनि तालमेल नगर्ने तर चुनाव चाहिं हुनुपर्‍यो भन्ने छ,’ गौतमले अनलाइनखबरसँग भनिन् ।

यसैबीच नेविसंघले स्ववियु निर्वाचनको वातावरण बनाउने सबै विद्यार्थी संगठनहरूको बैठक शुक्रबारका लागि डाकेको छ ।

पार्टीबाट गठित निर्देशक समितिको संयोजकमा सहमहामन्त्री किशोरसिंह राठोर छन् भने सदस्यमा प्रतिमा गौतम र राजीव ढुंगाना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?