१ फागुन, काठमाडौं । आगामी मार्चमा हुने इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटका लागि रोयल च्यालेन्जर्स बेंगलुरुले रजत पाटिदारलाई कप्तान घोषणा गरेको छ ।
पूर्वकप्तान फाफ डु प्लेसी रिटेन नभएपछि र अक्सनबाट पनि नलिइएपछि टोलीमा रहेका स्टार खेलाडी विराट कोहली कप्तान हुने चर्चा हुँदै आएको थियो ।
यही बीचमा बेंगलुरुले पाटिदारलाई कप्तान बनाएको हो । उनलाई बेंगलुरुले २०२५ को सिजनका लागि ११ करोड भारुमा रिटेन गरेको थियो ।
३१ वर्षीय पाटिदारले आइपीएलमा बेंगलुरुका लागि २७ खेलमा ७९९ रन बनाएका छन् । सन् २०२१ मा उनले बेंगलरुकै टोलीमार्फत आइपीएलमा डेब्यू गरेका थिए ।
उनले भारतका लागि एक ओडिआई पनि खेलेका छन् । पाटिदारको कप्तानीमा घरेलु टोली मध्य प्रदेशले शैयद मुस्ताक अली ट्रफीको फाइनलसम्म पुगेको थियो ।
बेंगलरुले हालसम्म आइपीएलको उपाधि जितेको छैन। सबैभन्दा लामो समय बेंगलुरुको कप्तानी भने विराट कोहलीले गरेका थिए । पाटिदार आठौं कप्तान हुन् ।
प्रतिक्रिया 4