+
+
Shares

‘दुखी आत्मा’लाई डेढसय, ‘रंगी’लाई ५६ शो : अग्रिम टिकट विक्री सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १ गते १३:२८

काठमाडौं । शुक्रबारदेखि दुई नेपालीसहित ४ फिल्म हलमा रिलिज हुँदैछन् । नेपाली भाषाका ‘दुखी आत्मा’ र ‘रंगी’ दर्शकमाझ आउनेछन् । हलिउडको प्रतीक्षित ‘क्याप्टेन अमेरिका : व्रेभ न्यू वर्ल्ड’ र बलिउडको ‘छावा’ पनि आउँदैछन् ।

हलले एड्भान्स टिकट विक्री खुला गरेका छन् । कलाकार र विगतको बक्सअफिस प्रस्तुति हेरेर हलले शो विभाजन गरेका हुन् । सर्वाधिक शो दयाहाङ रार्ई र आँचल शर्मा स्टारर ‘दुखी आत्मा’ले पाएको छ ।

‘दुखी आत्मा’ले डेढसय हाराहारीमा शो पाउँदा सलोन बस्नेत र नम्रता श्रेष्ठ स्टारर ‘रंगी’ले अपेक्षाभन्दा न्यून शो पाएको छ । ‘रंगी’लाई हलले ५६ हाराहारीमा शो दिएका छन् ।

‘दुखी आत्मा’ले पाएको शो संख्या सुखद हो । यसअघि टिजर र गीतले यो फिल्मको हाइप राम्रो छ । अर्कोतर्फ, पूर्वमिस नेपाल नम्रताको डेब्यु समेत रहेको ‘रंगी’ धेरैका लागि प्रतीक्षित छ । टिजर र गीतबाट समेत ‘रंगी’ले चर्चा त बटुलेको छ तर, हलमा दर्शक तान्न बलियो ‘वर्ड अफ माउथ’को मद्दत यसलाई चाहिन्छ ।

विक्की कौशल स्टारर बलिउडको एक्सन फिल्म ‘छावा’ले ११६ हाराहारीमा शो पाएको छ । हलिउडको ‘क्याप्टेन अमेरिका : व्रेभ न्यू वर्ल्ड’को शो संख्या खुल्न बाँकी रहेकाले यसबारे बेलुकासम्म निक्र्यौल हुनेछ ।

यतिबेला हलमा फिल्मको निकै भीड देखिन्छ । अहिले हलमा एक्टर : टेक वन, ममी, देवा, जुना, सारंग, बडास रविकुमार र पूर्णबहादुरको सारंगी प्रदर्शन भैरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?