+
+
Shares

सेल्फी लिएर पर्यटन मन्त्रीले गरे ‘फोटो नेपाल’ उद्घाटन

यसअघि सन् २०१६ देखि बोर्डले यस्तो शृंखला गर्दै आएको थियो । बीचमा रोकिएको थियो । अहिले बोर्डले ‘कर्णाली नदी’ का तस्वीरहरू प्रदर्शनीमा राखेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १ गते १३:५०

१ फागुन, काठमाडौं । नेपाल पर्यटन बोर्डमा ‘फोटो नेपाल’ शृंखला पुनः सुरु गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सहभागीको सेल्फी खिचेर फोटो नेपाल उद्घाटन गरे ।

यसअघि सन् २०१६ देखि बोर्डले यस्तो शृंखला गर्दै आएको थियो । बीचमा रोकिएको थियो । अहिले बोर्डले ‘कर्णाली नदी’ का तस्वीरहरू प्रदर्शनीमा राखेको छ ।

प्रदर्शनी तीन दिनसम्म बोर्डमा चल्ने छ । बिहान १० देखि ५ बजेसम्म तस्वीर प्रदर्शनी हुने बोर्डले जनाएको छ । ४५ दिनमा १ हजार ८० किलोमिटर यात्रा गर्दा खिचिएका तस्वीर प्रदर्शनीमा राखिएका छन् ।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले नेपाललाई फोटोग्राफी मार्फत प्रवर्द्धन गर्न खोजिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?