+
+
Shares

पाइपको परीक्षण सफल भयो, केहीबेरमा घर घरमा पानी पुग्छ : खानेपानी मन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १ गते १५:२०

१ फागुन, काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानी आयोजनाको पाइप मर्मत सकाएर पानी परीक्षण पनि भइसकेको जानकारी दिएका छन् ।

केहीबेरमा प्रभावित क्षेत्रका घर घरमा पानी पुग्ने मन्त्री यादवको भनाइ छ ।

‘पाइपमा पानी परीक्षण सफल भयो । अब केहीबेरमा बन्द भएको क्षेत्रका घरघरमा सप्लाइ पनि गर्छौं,’ मन्त्री यादवले अनलाइनखबरसँग भने ।

बुधबार रातिबाटै पाइप मर्मतको काम थालिएको थियो ।

उक्त पाइप फुट्दा बुधबार दिउँसो बबरमहल क्षेत्र डुबानमा परेको थियो । प्राधिकरणले ड्रिलिङको काम गर्दा पाइप फुट्न पुगेको थियो ।

प्राधिकरणले राति नै विद्युत् प्राधिकरणले ड्रिलिङ गरेको पाइप झिक्दा ढिला गरेको मन्त्री यादवले बताए ।

‘प्राधिकरणले राति नै पाइप झिकिदिएको भए बिहानै काम सकिन्थ्यो,’ मन्त्री यादवले भने, ‘हामीलेहिजो रातीदेखि नै मर्मत सुरु गराएका थियौं । २० घण्टामा नै काम सकायौं । अब एक डेढ घण्टापछि नै पानी घरघरमा पुग्छ ।’

प्राधिकरणले उपत्यकामा विद्युत्का तारहरू व्यवस्थित गर्न भन्दै अण्डरग्राउण्डको काम गरिरहेको छ । मन्त्रालय र मातहतका निकायसँग समन्वयन नगरी प्राधिकरणले काम गर्दा पाइप फुट्न पुगेको बताएका छन् ।

प्राधिकरणले पनि आफूहरूको गल्तीकै कारण पाइप फुटेको स्वीकार गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?