+

अनिल गुरुङको ‘एजी टेन’ फुटबल एकेडेमीले मनायो पहिलो वार्षिकोत्सव

२०८१ फागुन  १ गते १६:३७ २०८१ फागुन १ गते १६:३७
अनिल गुरुङको ‘एजी टेन’ फुटबल एकेडेमीले मनायो पहिलो वार्षिकोत्सव

१ फागुन, काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङले स्थापना गरेको एजी टेन फुटबल एकेडेमीले बुधबार आफ्नो पहिलो वार्षिकोत्सव मनाएको छ ।

बुधबार काठमाडौंको न्युरोडस्थित स्काई सीप रेस्टुराँमा भएको एक कार्यक्रमको आयोजना गर्दै एकेडेमीले पहिलो वार्षिकोत्सव मनाएको हो ।  देशमा ग्रासरुट फुटबलको विकास गर्ने र गुणस्तरीय फुटबलरहरू उत्पादन गर्ने उद्देश्यका साथ गुरुङले सन् २०२४ मा एजी टेन फुटबल एकेडेमी स्थापना गरेका थिए ।

अनिलले आफ्नो नाम र जर्सी नम्बर जोडेर एकेडेमीको स्थापना गरेका थिए । एकेडेमीले आफ्ना विद्यार्थीहरूलाई गुणस्तरीय फुटबल कौशल प्रदान गर्ने लक्ष्य राखेको छ। साथै, निकट भविष्यमा राम्रो फुटबलर उत्पादन गर्ने एकेडेमीको प्रमुख लक्ष्य रहेको छ ।

एकेडेमीले ललितपुरको बुढीविकास खेल मैदानमा यू-१६ मुनिका खेलाडीहरूलाई शनिबार र आइतबार सप्ताहन्तमा फुटबल प्रशिक्षण प्रदान गर्दै आएको छ। एकेडेमीमा अहिलेसम्म १५०+ भन्दा बढी दर्ता भएका खेलाडीहरू छन्।

एकेडेमीको प्रथम वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा एकेडेमीका प्रबन्ध निर्देशक अनिल गुरुङ, विद्यार्थी तथा अभिभावकहरू सहभागी थिए ।

एकेडेमीले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा कार्यकारी समिति पनि गठन गरेको छ । अध्यक्षमा दीपक जोशी, सदस्यमा मनिला शेर्पा, योपेश प्रधान, लक्ष्मण थापा र निरज गुरुङ रहेका छन् ।

एजी टेन फुटबल एकेडेमी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय