+

पाँच पटकको च्याम्पियन थ्रीस्टार आहारारा पोखरा गोल्डकपबाट बाहिरियो

२०८१ फागुन  १ गते १६:२७ २०८१ फागुन १ गते १६:२७
पाँच पटकको च्याम्पियन थ्रीस्टार आहारारा पोखरा गोल्डकपबाट बाहिरियो

१ फागुन, काठमाडौं । पाँचपटकको च्याम्पियन टोली थ्रीस्टार क्लब २४औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनलबाटै बाहिरिएको छ । बिहीबार भएको सेमिफाइनलमा उज्बेिकिस्तानको ब्ल्याक बुल्स एफसीले थ्रीस्टारलाई फराकिलो अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको छ ।

ब्ल्याक बुल्स एफसीले थ्रीस्टारलाई ४-० गोलअन्तरले हराएको हो । ब्ल्याक बुल्सका लागि कुभोनचेक ओलिमोभ, असिलबेक ओरिफजोनोभ, सात्तोरोभ र सइदजमोल दाभ्लातिनोभले एक-एक गोल गरे ।

आहारारा पोखरा गोल्डकपमा पछिल्लो पटक ४-० अन्तरले हार्ने टिम पनि थ्रीस्टार नै थियो । २०७७ सालमा थ्रीस्टार क्वाटरफाइनलमा नेपाल पुलिससँग ४-० ले पराजित भएको थियो ।

त्यसपछि २०७८ मा मछिन्द्रले संकटालाई तथा २०७९ मा संकटाले एपीएफ विरुद्ध समान ४ गोल गरेको थियो । तर यी दुई खेलमा जित अन्तर ४-१ थियो ।

ब्ल्याक बुल्सले अब उपाधिका लागि शनिबार नेपाल पुलिस क्लबसँग खेल्ने छ ।

आहारारा पोखरा गोल्डकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय