१ फागुन, काठमाडौं । आगामी फागुनको पहिलो साता काठमाडौंमा हुने अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी हुन आउने लेबनान फुटबल टोलीको घोषणा भएको छ ।
लेबनानको टोलीमा ६ वटा विभिन्न देशमा लिग खेल्ने खेलाडीहरू रहेका छन् । नेपालले पछिल्लोपटक लेबनानसँग वाफ महिला फुटबल प्रतियोगितामा खेलेको थियो । उक्त खेलमा नेपाल २-१ ले विजयी भएको थियो ।
फागुन ५ देखि १४ गतेसम्म दशरथ रंगशालामा नेपाल, म्यानमार, कीर्गिस्तान र लेबनान सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता सुरू हुँदै छ ।
फिफा वरियतामा लेबनान १३४औं स्थानमा छ । प्रतियोगितामा सहभागी हुन लेबनानको टोली शुक्रबार काठमाडौं आइपुग्ने कार्यक्रम छ । कीर्गिस्तानको टोली भने बिहीबार साँझ आउँदै छ ।
लेबनानको टोली
गोलकिपर : क्लारा खलिल, मार्सेल स्कीकी, नूर हमौदी
डिफेन्डर : अयाना रिज्कल्लाह, दिमा अल कास्ती, फराह अल टायर, जुली अटाल्लाह, कार्ली हार्फौचे, टियाना जाबेर, वाड राड
मिडफिल्डर : अन्नाबेले घबास, मिया खली, नताली माटर, पाउला करम, सिन्थिया साल्हा, तातियाना कानान, जाहवा अरबी
फरवार्ड : क्रिस्टी मालोफ, लैला इस्कन्दर, ली अल-हज अली, पिलार खुरी, शेरीन हसनो
प्रतिक्रिया 4