
१ फागुन, काठमाडौं । समाजवादी कम्युनिस्ट पार्टी नेपालले काठमाडौं तथा देशका विभिन्न भागमा विभिन्न कार्यक्रम गरेर ३०औँ जनयुद्ध दिवस मनाएको छ ।
काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रमा पार्टी महासचिव पूर्णबहादुर सिंह समरजङ्ग को प्रमुख आतिथ्यमा जनयुद्ध दिवस मनाइएको केन्द्रीय सूचना, सञ्चार तथा प्रकाशन विभाग प्रमुख अशोक सुवेदीले जानकारी दिए ।
सुवेदीले देशैभरि पार्टी स्थायी समिति सदस्य, पोलिटब्युरो सदस्य, केन्द्रीय समिति सदस्य, केन्द्रीय साङ्गठनिक परिषद् सदस्यको उपस्थितिमा जनयुद्ध दिवस मनाइएको बताए ।
समाजवादी कम्युनिष्ट पार्टीले आगामी १४ देखि २१ फागुनसम्म सहिद सप्ताहका अवसरमा देशैभर जनयुद्ध, एकीकृत जनक्रान्ति र विभिन्न सङ्घर्ष/विद्रोहमा बलिदान गर्ने सहिदका परिवारका सदस्यलाई सम्मान कार्यक्रम राखेको पनि उनले जानकारी दिए ।
पार्टीले जनयुद्धका ऐतिहासिक उपलब्धिहरूको रक्षा एवम् विकास तथा वैज्ञानिक समाजवादमा मात्र न्याय, मुक्ति, समानता, समृद्धि र शान्ति सम्भव रहेको जनाएको छ ।
प्रतिक्रिया 4