२ फागुन, काठमाडौं । आगामी फागुनको पहिलो साता काठमाडौंमा हुने अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी हुन कीर्गिस्तानको टोली नेपाल आइपुगेको छ । कीर्गिस्तानको टोली बिहीबार राति काठमाडौं आइपुगेको हो ।
फागुन ५ देखि १४ गतेसम्म दशरथ रंगशालामा नेपाल, म्यानमार, कीर्गिस्तान र लेबनान सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता सुरू हुँदै छ । फिफा महिला वरियतामा कीर्गिस्तान १२८औं स्थानमा छ ।
म्यानमार र लेबनानको टोली पनि आज आउँदै छन् । टोलीहरूलाई एन्फा कम्प्लेक्स र नेपाली सेनाको भद्रकालीस्थित खेल मैदानमा प्रशिक्षणको व्यवस्था गरिएको छ ।
नेपालमा पहिलोपटक चार देश सम्मिलित महिला फुटबल प्रतियोगिता हुन लागेको हो ।
प्रतिक्रिया 4