+
+
Shares

निजामती सेवाबाट श्रेणी हट्ने, तहगत संरचनामा जाने

निजामती सेवामा तहगत संरचना राख्न नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित सबै दलका सांसदहरू सहमत भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १ गते २२:२२

१ फागुन, काठमाडौं । निजामती सेवाबाट श्रेणी हट्ने भएको छ । निजामती सेवाबाट श्रेणी हटाएर निजामती सेवामा तहगत संरचनामा जान प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा सहमति जुटेको हो ।

संघीय निजामती सेवा विधेयकमाथि दफावार छलफलका क्रममा यस्तो सहमति जुटेको हो । निजामती सेवामा अब तहगत संरचना राख्न नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित सबै दलका सांसदहरू सहमत भएका छन् ।

प्रस्तावित विधेयकको दफा ६ मा यससम्बन्धी व्यवस्था राखिनेछ । यो दफामाथिको छलफलको अन्तिममा सभापति रामहरि खतिवडाले भने, ‘तहमा जानेमा क्लियर भयो । अब प्रस्तावित विधेयकको दफालाई तहगत संरचना रहने गरी मिलाइनेछ ।’

तर, निजामती सेवामा अतिरिक्त सचिव राख्ने कि नराख्ने विषयमा भने सहमति जुटेन । सभापति खतिवडाले तहगत संरचनामा जानेमा सहमति भएको र अतिरिक्त सचिव राख्ने कि नराख्नेबारे पुनः छलफल गरिने जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?