+
+
Shares

५ किलो पोलाइन्ड नामक लागुऔषधसहित दुईजना नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १ गते १७:३०

१ फागुन, काठमाडौं । सशस्त्र प्रहरी बलले पोलाइन्ड नामक ५ किलो लागुऔषधसहित २ जनालाई नियन्त्रणमा लिएको छ ।

बिहीबार दिउँसो काठमाडौंको गोकर्णेश्वर नगरपालिका– ६ जोरपाटी नयाँ बस्तीबाट सशस्त्र प्रहरी बलले दुईजनालाई नियन्त्रणमा लिएको हो ।

इन्टेलिजेन्स ब्यूरोको सूचनाको आधारमा स्थानीय एक होटलबाट प्लास्टिकमा प्याक गरिएको अवस्थामा ५ किलोग्राम उक्त पदार्थसहित उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सिन्धुली जिल्ला घर भई गोकर्णेश्वर नगरपालिका– ६ नयाँबस्ती बस्ने ३० वर्षीय र रामेछाप जिल्ला मन्थली नगरपालिका –१४ का २४ वर्षीय युवक छन् । उनीहरूको पहिचान भने खुलाइएको छैन ।

सशस्त्र प्रहरी बलले ती युवकसँगै स्कुटर र मोटरसाइकल पनि नियन्त्रणमा लिएको डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?