+
+
Shares

कर्णालीका फिल्मकर्मीको लागि सुर्खेतमा मेकअप कार्यशाला

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १ गते १७:२८

काठमाडौं । चलचित्र विकास बोर्डको आयोजनामा कर्णाली प्रदेशको सुर्खेतमा फिल्मकर्मीको लागि ५ दिने मेकअप कार्यशाला सुरु भएको छ । २७ जना स्थानीय फिल्मकर्मी सहभागि कार्यशालाको उद्घाटन वरिष्ठ नाट्यकर्मी यमनारायण आचार्यले गरे ।

उद्घाटन समारोहको प्रमुख अतिथिका रूपमा बोर्डका पूर्वअध्यक्ष गणेश भण्डारी थिए । बोर्ड सदस्य राजु केसीको संयोजनमा संयोजनमा सञ्चालन भइरहेको कार्यशालामा कर्णालीका प्रतिष्ठित फिल्मकर्मी प्रेमदेव गिरी लगायतका कलाकार र साहित्यकारको समेत उपस्थिती छ ।

फिल्मकर्मीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यशालामा नेपाली फिल्म क्षेत्रका पाका सौन्दर्यकर्मी एवं प्रशिक्षक सन्तु तामाङले प्रशिक्षण दिइरहेका छन् । माघ ३० गतेदेखि फागुन ४ गतेसम्म सञ्चालन हुने यो तालिमले स्थानीय कलाकारलाई फिल्म निर्माणको महत्त्वपूर्ण पक्ष मेकअपबारे व्यवहारिक ज्ञान दिने संयोजक केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?