
१ फागुन, गुल्मी । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारको अधिकार गाउँटोलमा भन्ने माओवादीको एजेन्डाले सार्थकता पाउँदै गएको बताएका छन् ।
बिहीबार गुल्मीको मालिका गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
अध्यक्ष प्रचण्डले अहिले संविधान कार्यान्वयन चरणमा रहेकाले प्रदेश र स्थानीय तहलाई अझ प्रभावकारी बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
विकास निर्माणका सवालमा सबै एक जुट भएर अगाडि जान सकिने भन्दै उनले सुविधा सम्पन्न भवनबाट जनतालाई दिने सेवा सहज र सरल रूपमा प्रदान गर्नुपर्ने बताए ।
मालिका गाउँपालिकाले निर्माण गरेको पिस पार्क र हेलिप्याड नेपालकै नमुना भएको आफूले अनुभूति गरेको उनको भनाइ छ ।
उनले हेलिप्याडबाट विपद् तथा आपतकालीन अवस्थामा यहाँका नागरिकको उद्धार तथा राहतमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।
सात करोड ६७ लाख रुपैयाँ लागतमा विकोइ श्रेष्ठ सुनिल समिर जेभीले भवनको निर्माण गरेको थियो ।
बिहीबार नै प्रचण्डले धुर्कोट गाउँपालिकाले निर्माण गरेको शहीद पार्कको उद्घाटन समेत गरे ।
प्रतिक्रिया 4