+
+
Shares

बन्द गर्न अटेर गरेपछि अवैध अस्पतालका सञ्चालक पक्राउ

दर्ता नगरी जनकपुरमा सञ्चालित मोडर्न हस्पिटल बन्द गर्न मुख्यमन्त्रीले दिएको निर्देशन अटेर गरेपछि प्रहरीले सञ्चालका राम भरोस महतोलाई पक्राउ गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १ गते १८:५७

१ फागुन, जनकपुरधाम । मधेश सरकारको निर्देशनलाई अटेर गर्ने जनकपुरका एक निजी अवैध अस्पतालका सञ्चालक पक्राउ परेका छन् ।

गत शनिबार मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरका २० वटा अस्पतालको छड्के अनुगमन गरेका थिए । त्यस क्रममा दर्ता नरहेका अस्पतालहरूलाई आइतबारसम्म बन्द गरेर साँचो सरकारलाई बुझाउन निर्देशन दिएका थिए ।

तर, दर्ता नरहेको जनकपुर मोडर्न हस्पिटलले निर्देशनको अवज्ञा गर्दै सञ्चालन जारी राखेपछि सञ्चालक राम भरोस महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

मुख्यमन्त्री सिंह र स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंहको टोली पुनः अनुगमनमा पुगेपछि सो अस्पताल बन्द नगरेको पाइएको थियो ।

अनुगमन टोलीमा धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारी पनि थिए । उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुगमन टोलीले मोडर्न हस्पिटलका सञ्चालकलाई प्रहरीको जिम्मा लगाएको जानकारी दिँदै अब आवश्यक कानुनी प्रक्रिया अघि बढ्ने प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?