
१ फागुन, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा भएको लगानीको प्रतिफल आउनुपर्ने बताएका छन् ।
मन्त्रालयमा बिहीबार आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री अधिकारीले लगानीको प्रतिफल विना उपलब्धी नदेखिने भएकाले यसलाई आधार मानेर कार्य गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।
‘हामीसँग विज्ञहरूको खाँचो छैन, लामो समय कृषि क्षेत्रमा कार्य गरेका दक्ष जनशक्ति मन्त्रालयसँग छ, तथापी नतिजा आउन सकिरहेको छैन, चार्टले प्रगति देखाउन सकिरहेको छैन,’ मन्त्री अधिकारीले भने, ‘कृषि कर्ममा लागेकाहरूलाई हामीले के दियौं यहि सोचेर कार्य गर्न जरुरी छ ।’
कानुनी अवरोध हटाउँदै नतिजामुखी कार्य गर्न आफूले सहजीकरण गर्ने भन्दै मन्त्री रामनाथ अधिकारीले अझै कृषि क्षेत्रमा लिएका लक्ष्य पूरा हुने गरी काम गर्न निर्देशन दिए ।
प्रतिक्रिया 4