+
+
Shares

यो हो विश्वकै लामो रेल यात्रा जसले १३ देशलाई समेट्छ

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २ गते ७:४५

काठमाडौं । विश्वकै सबैभन्दा लामो रेल यात्राको रुट कुन हो ? तपाईंलाई थाहा छ ? पक्कै थाहा छ । थाहा नहुनेहरुले भने यो समाचार पूरा पढ्नुपर्ने हुन्छ ।

विश्वकै सबैभन्दा लामो रेलको रुट पोर्चुगलको लागोस शहरदेखि सिंगापुरसम्मको हो । यो रुट १८ हजार ७५५ किलोमिटरको छ । मौसम वा अन्य कुनै प्राविधिक गडबडीका कारण यात्रामा बाधा अड्चन आएन भने यो दूरी पार गर्न उक्त रेललाई २१ दिन लाग्ने गर्दछ । स्पेन, फ्रान्स, रुस, चीन, भियतनाम, थाइल्यान्डसहित १३ देश हुँदै रेल गुड्छ । बाटोमा ११ ठाउँमा रेल रोकिने गर्दछ ।

यसभन्दा अगाडि लन्डनदेखि सिंगापुरसम्मको रेलको रुट सबैभन्दा लामो मानिन्थ्यो । त्यसको रेकर्ड भने पोर्चुगलको लागोस शहरदेखि सिंगापुरसम्मको रुटले तोडिदिएको छ । यो रेल यात्राको क्रममा विश्वप्रसिद्ध शहरहरु पेरिस, मस्को, बेइजिङ र बैंककको आनन्द पनि लिन सकिन्छ ।

किनभने रेल जहाँ रोकिन्छ त्यहीँ बास बस्ने भएकाले रेलबाट ओर्लिएर घुम्न जान सकिन्छ । अलग अलग देशको सुन्दरता र सांस्कृतिक अनुभव गर्न सकिन्छ । यसले यात्रा थप रोमाञ्चक बनाइदिन्छ ।

टिकटको मूल्य कति छ ?

विश्वको सबैभन्दा लामो रेल यात्राको एकतर्फी टिकट करिब १ हजार ३५० डलर छ । यो  आजको मूल्य अनुसार नेपाली एक लाख ८८ हजार रुपैयाँ जति पर्न जान्छ ।

झट्ट सुन्दा सामान्य आयस्रोत भएकाहरुलाई यो मूल्य महँगो हुन्छ । तर विश्वकै लामो रेल यात्राको मजा लिने क्रममा विभिन्न देशका शहरमा रोकिएर पनि घुम्न पाइने भएकाले खर्च गर्ने क्षमता भएकाहरुलाई यो सस्तो लाग्सक्छ ।

टिकट काटेपछि यात्रुहरुले खाने, पिउने, आरामले बस्ने सबै सेवा त्यही मूल्यभित्रै पाउँछन् ।

कसले सम्भव बनायो यो रेल यात्रा ? कहाँबाट आयो यस्तो विचार ?

यो रेल यात्रा सम्भव बनाउनमा विभिन्न रेलवे कम्पनी र संगठनहरुको योगदान छ । लाओस र चीनबीच एक नयाँ रेलवे लाइन खुलेपछि युरोपलाई एसियासँग जोड्ने बाटो खुलेको थियो । त्यसैले विश्वकै लामो रेलयात्रा सम्भव भएको हो ।

यो पहलको उद्देश्य लाओसको अर्थव्यवस्थालाई बढावा दिनुथियो । यसैगरी पोर्चुगलदेखि सिंगापुरसम्मको एक रोमाञ्चकारी यात्राको अनुभव प्रदान गर्नुथियो ।

पोर्चुगलदेखि सिंगापुरसम्म रेल यात्रा गराउने सोच सफल बनाउने श्रेय रेलयात्रा प्रेमी र रेलवे कम्पनीका उत्साही कर्मचारीहरुलाई दिने गरिएको छ । उनीहरुले नै यो रेल यात्राको रुट तय गरेका थिए । यो रेल यात्रा सौखिन व्यक्तिहरुमाझ निकै लोकप्रिय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?