+
+
Shares

व्यक्तिगत जग्गामा वडाको भवन बनाउँदा लफडा, रोकियो काम

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २ गते ७:५८
 तस्वीर : बाजुराको बुढीगंगा नगरपालिका–७ को निर्माणाधीन वडाकार्यालय भवन र एउटा कोठामा सञ्चालन भइरहेको कार्यालय ।

१ फागुन, बाजुरा । बुढीगंगा नगरपालिका–७ को वडा कार्यालयको भवन व्यक्तिको जग्गामा निर्माण भइरहेको छ । व्यक्तिको जग्गामा निर्माण सुरु गरिएको भवनको काम अहिले अलपत्र छ । निर्माण सम्पन्न गरिसक्नुपर्ने मिति सकिएको ३ वर्ष बितिसक्दा पनि भवनको काम भने जगमा अड्किएको छ ।

नगरपालिकाले २०७७ सालमा व्यक्तिको जग्गामा वडाको कार्यालय बनाउने गरी ठेक्का सम्झौता गरेको थियो । एक करोडको ठेक्कामा केआर निर्माण सेवाले घटेर ६० लाख ८४ हजार ३ सय ८८ मा काम गर्ने गरी सम्झौता गरेको थियो । सम्झौता २०७७ चैत २५ गते भएको सम्झौतामा २०७८ असोज १५ गते सम्पन्न गर्ने उल्लेख छ ।

काम सम्पन्न हुने मिति सकिएको तीन बर्ष बढी भइसक्दा भवन बन्ने कुनै अत्तोपत्तो नभएको स्थानीयको गुनासो छ । भवनको ठेक्का गर्ने बेला स्थानीय जग्गाधनीले निःशुल्क जग्गा दिने गरी कागज गरिएको थियो । तर, काम सुरु गरेको ४ वर्षसम्म पनि जग्गा वडा कार्यलयका नाममा आएको छैन् ।

वडाअध्यक्ष भुवनसिंह केसीले भने वडा कार्यलयको ठेक्कादेखि अरु सबै काम नगरपालिकाले नै गरेको हो । यो भवन निर्माण नहुनुमा नगरपालिका दोषी रहेको उनको दाबी छ । अहिले व्यक्तिको जग्गामा भवन निर्माण भइरहेको छ तर भवन निर्माण भयो भने वडा कार्यलयका नाममा चाँडै जग्गा पास गर्ने केसी बताउँछन् ।

नगरपालिका नगर प्रमुख रामबहादुर बाँनियाले भने पहिला त जग्गा वडा कार्यलयको नाममा हुनुपर्ने बताए । ‘अघिल्लो कार्यकायलमा कसरी व्यक्तिको जग्गामा ठेक्का गरेको थाहा भएन्’, उनले भने, ‘वडा कार्यलयको नाममा जग्गा पास भए चाँडै काम सुरु हुन्छ ।’ निर्माण कम्पनीले पनि लापरबाही गरेको उनको भनाइ छ ।

हाल वडा कार्यालय एउटा जीर्ण कोठामा सञ्चालन भइरहेको छ । सिमलकोट गाउँमा रहेको बालशिक्षालाई विस्थापित गरेर विगत ७ वर्षदेखि सानो कोठामा वडा कार्यलय सञ्चालनमा रहेको छ । एउटा कोठामा ६ जना कर्मचारी १ जना वडा अध्यक्ष बस्ने गरेका छन् । वडा कार्यालयको एउटा मात्र कोठा रहेको छ ।  कोठा भित्र कर्मचारी पालो पालै गरेर काम गर्ने गरेको एक कर्मचारीले वताए । भवन अभाबसँगै वडामा इन्टरनेट समेत नहुँदा काम गर्न निकै समस्या भएको वडा कार्यलयमा कार्यरत एक कर्मचारीले बताए ।

यो वडा कार्यलय अलपत्र बन्नमा वडा र नगरपालिका दुवै दोषी भएको स्थानीयको भनाइ छ । नगरपालिका र वडाले भने एक अर्कालाई आरोप लगाउने गरेका छन् ।

वडाअध्यक्ष कांग्रेसबाट दोस्रोपटक निर्वाचित भएका हुन् । मेयर एमालेबाट निर्वाचित भएका हुन् । कार्यपालिकामा समेत एमालेको बहुमत छ । यो भवन ठेक्का हुने समयमा भने कांग्रेसबाट निर्वाचित नगरप्रमुख थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?