
२ फागुन, काठमाडौं । दुई लघुवित्त कम्पनीलाई नेपाल धितोपत्र बोर्डले थप सार्वजनिक निष्कासन (एफपीओ)का लागि स्वीकृति दिएको छ ।
बोर्डले स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तलाई एफपीओ निष्कासनका लागि स्वीकृति प्रदान गरेको हो ।
स्वरोजगार लघुवित्तले अंकित मूल्य १ सयका दरले १ लाख ९५ हजार ७७३ कित्ता सेयर निष्कासन गर्नेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल रहेको छ । बिहीबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार १३ रुपैयाँ छ ।
त्यस्तै विन नेपाल लघुवित्तले अंकित मूल्य १ सयका दरले ५१ हजार २९२ कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको बिक्री प्रवन्धकमा एसबीआई मर्चेन्ट बैंकिङ छ । बिहीबार बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २ हजार ७०५ रुपैयाँ छ ।
सर्वसधारण समूहमा ३० प्रतिशत सेयर पुर्याउनका लागि दुई कम्पनीले एफपीओ निष्कासन गर्न लागेका हुन् ।
प्रतिक्रिया 4