+
+
Shares
फ्राइडे रिलिज :

दुखी आत्मा, रंगी, हलिउडको ‘क्याप्टेन अमेरिका’सहितका फिल्म हलमा

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २ गते ९:४७

काठमाडौं । शुक्रबारदेखि हलमा ४ नयाँ फिल्म प्रदर्शनमा आएका छन् । नेपाली फिल्म ‘दुखी आत्मा’ र ‘रंगी’सहित बलिउडको ‘छावा’ र हलिउडको ‘क्याप्टेन अमेरिका : व्रेभ न्यू वर्ल्ड’  छन् ।

‘दुखी आत्मा’को रनटाइम १३९ मिनेट र पीजी सर्टिफिकेट छ । दयाहाङ राई र आँचल शर्माको शीर्ष भूमिका रहेको यो फिल्मले यौन दुर्बलता पीडित पुरुषको कथा भन्छ । निर्देशक दीपेन्द्र लामाले फिल्ममार्फत यौन शिक्षाको महत्व दर्शाउन खोजेका छन् । यो फिल्मले देशभर डेढसय शो पाएको छ ।

‘रंगी’को रनटाइम १३९ मिनेट र सर्टिफिकेट पीजी छ । सलोन बस्नेत, आयुषी ढकाल र नम्रता श्रेष्ठको शीर्ष भूमिका रहेको फिल्मले ६ वर्षिया छोरी र बुवाको मर्मस्पर्शी सम्बन्ध र सुखी जीवनतर्फको यात्राको कथा भन्छ । तपाईंलाई पारिवारिक कथामा रुचि छ भने यो फिल्म मनपर्नसक्छ ।

‘क्याप्टेन अमेरिका : व्रेभ न्यू वर्ल्ड’ पनि शुक्रबारदेखि रिलिज भएको छ । ११९ मिनेट रनटाइम र पीजी सर्टिफिकेट पाएको यो फिल्ममा साम विल्सनले पहिलोपटक शीर्ष पात्रको भूमिका निर्वाह गरेका छन् । एक्सन एड्भेन्चर जनराको यो फिल्म हलिउडको चर्चित श्रृंखला समेत हो ।

‘छावा’ बलिउडको ड्रामा र एक्सन फिल्म हो । विक्की कौशल र रश्मिका मन्दाना स्टारर फिल्मको रनटाइम १६१ मिनेट छ र सर्टिफिकेट एडल्ट छ । १७ वर्ष उमेरभन्दा तलका दर्शकले यो फिल्म हेर्न पाउनेछैनन् । छत्रपति शिवाजी महाराजको कथावस्तु यसमा छ ।

यीबाहेक हलमा शुक्रबारदेखि एक्टर : टेक वन, ममी, देवाले निरन्तरता पाएका छन् । ‘पूर्णबहादुरको सारंगी’, ‘जुना’, ‘सारंग’ मल्टिप्लेक्सबाट हटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?