+
+
Shares

‘राजागञ्ज’लाई हार्वर्ड विश्वविद्यालयमा प्रदर्शन गरिने

स्क्रिनिङपछि निर्देशक रौनियार र विश्वविद्यालयको फिल्म अध्ययन केन्द्रकी प्रशासनिक निर्देशक तथा कला, चलचित्र र भिजुअल स्टडिजकी ब्याख्यता जुली मलोज्जीले छलफल गर्नेछन् । हार्वर्डमा नेपाली फिल्म प्रदर्शन र छलफल गर्न लागिएको सम्भवतः यो पहिलो अवसर हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २ गते १२:१०

काठमाडौं । दीपक रौनियार निर्देशित नेपाली फिल्म ‘राजागञ्ज’लाई अमेरिकाको प्रतिष्ठित हार्वर्ड विश्वविद्यालयमा प्रदर्शन गरिने भएको छ । आउँदो अप्रिल ७ मा हार्वर्डको साउथ एसिया इन्स्टिच्युटले स्क्रिनिङ गर्न लागेको हो ।

क्याम्ब्रिजस्थित हार्वर्ड क्याम्पसमा फिल्म देखाइन लागिएको आयोजक मित्तल इन्स्टिच्युट क्याम्ब्रिज अफिसले जनाएको छ । स्क्रिनिङपछि निर्देशक रौनियार र विश्वविद्यालयको फिल्म अध्ययन केन्द्रकी प्रशासनिक निर्देशक तथा कला, चलचित्र र भिजुअल स्टडिजकी ब्याख्यता जुली मलोज्जीले छलफल गर्नेछन् ।

नेपालको मधेश क्षेत्रको परिवेशमा खिचिएको फिल्मले दुई पहाडे बच्चा अपहरण गरिएपछि तिनलाई मुक्त गर्न प्रहरीले चालेको खोजीको कथा यसमा छ ।

फिल्मको शीर्ष भूमिकामा आशा मगराती, निकिता चाण्डक, ऋचा शर्मा, पशुपति राई, दयाहाङ राई, विजय बराल लगायतले अभिनय गरेका छन् । यो फिल्मको निर्माण आदि फिल्म्सका लागि रौनियार र मगराती, बाँसुरी फिल्म्सका लागि रामबाबु गुरुङ र तन्हाउसर गेटका लागि एलन आर मिलिगनले गरेका हुन् ।

भेनिस फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको ‘राजागञ्ज’ चैत १ गते (१४ मार्च)मा नेपालका हलमा रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?