+
+
Shares

१२ फागुनदेखि पर्साको पोखरियामा मालपोत र नापी कार्यालय सञ्चालन हुने     

र्सा जिल्लाका ग्रामीण भेगका सेवाग्राहीलाई लक्षित गर्दै पोखरिया नगरपालिकामा भूमिसुधार तथा मालपोत र नापी कार्यालय १२ फागुनदेखि सञ्चालन हुने भएको छ ।    

रासस रासस
२०८१ फागुन २ गते १३:०१
पर्साको पोखरीया बजार/फाइल तस्वीर

२ फागुन,  वीरगञ्ज । पर्सा जिल्लाका ग्रामीण भेगका सेवाग्राहीलाई लक्षित गर्दै पोखरिया नगरपालिकामा भूमिसुधार तथा मालपोत र नापी कार्यालय १२ फागुनदेखि सञ्चालन हुने भएको छ ।

संघीय मन्त्रिपरिषद्को गत ९ पुसको निर्णयअनुसार दुवै कार्यालय उक्त दिनदेखि सञ्चालन हुने नापी कार्यालयका प्रमुख राकेशकुमार झाले बताए ।

उनले भने, ‘पर्साका सात वटा पालिकाका सेवाग्राहीलाई लक्षित गरेर कार्यालयको सेवा विस्तार गर्न लागेका हौँ । अब सेवाका निम्ति वीरगञ्ज धाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ ।’

कार्यालय सञ्चालन भएपछि पोखरिया नगरपालिका, विन्दबासिनी, कालिकामाई, धोबिनी, छिपहरमाई जगरनाथपुर, पकहाँमैनपुर गाउँपालिका सेवाग्राही लाभान्वित हुनेछन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?