२ फागुन, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि साविक विजेता ललितपुर सिटी एफसीले सनिश श्रेष्ठ र आदित्य शाक्यलाई रिटेन गरेको छ ।
रिटेन पोलिसी अनुसार ललितपुरले दुई खेलाडी रिटेन गरेको जनाएको छ । क्याटेगोरी ए बाट डिफेन्डर सनिश र क्याटेगोरी बी बाट मिडफिल्डर आदित्यलाई रिटेन गरिएको हो ।
सनिश र आदित्य टोलीको उपाधि यात्रामा महत्वपूर्ण खेलाडीहरू रहेको जनाउँदै दुई खेलाडीलाई आगामी सिजनका लागि पनि रिटेन गरिएको क्लबका एमडी आलोकजंग जोशीले जनाएका छन् ।
यस सिजन पनि टोलीका लागि यी दुई खेलाडीले थप उत्कृष्ट प्रदर्शन गर्नेमा आशावादी रहेको जोशीले बताए । एनएसएलको तेस्रो संस्करणका लागि १० फागुनमा खेलाडी अक्सन हुँदैछ ।
तेस्रो संस्करणको एनएसएल १६ चैतदेखि सुरु हुनेछ । जसमा ७ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया 4