+
+
Shares

दीपकसँगको फोटो सेयर गर्दै दीपा लेख्छिन्- ह्याप्पी भ्यालेन्टाइन्स डे !

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २ गते १४:५५
तस्वीर स्रोत : राजीव श्रेष्ठको फेसबुक

काठमाडौं । दीपकराज गिरी र दीपाश्री निरौला अहिलेका चर्चित जोडी हुन् । अनस्क्रिनदेखि व्यवसायिक क्षेत्रमा यी दुईको सहकार्य छ । धनियाँ र रामविलासदेखि ‘तीतो सत्य’ हुँदै ‘छक्कापञ्जा’ श्रृंखलासम्म यी दुईले मिलेर कार्य गरिरहेका छन् ।

यी दुईले एकअर्कालाई ‘असल साथी’ बताउने गरेका छन् । दीपकको परिवार छ भने दीपा अहिलेसम्म अविवाहित छिन् । दीपक र दीपाको केमेस्ट्रीको चर्चा सँधै हुनेगर्छ । २५ वर्षसम्म पनि यी दुईबीचको सहकार्य धेरै लागि लोभलाग्दो मित्रता अवश्य हो ।

 

दीपक अहिले परिवारिक घुमघामका लागि अस्ट्रेलियामा छन् । दीपाले भने काठमाडौंमा रहेर आगामी प्रोजेक्टहरूलाई अघि बढाएकी छिन् । यस्तोमा, शुक्रबार प्रणय दिवस अर्थात भ्यालेन्टाइन्स डे ।

दीपाले इन्स्टाग्राममार्फत दीपक र आफ्नो फोटो सेयर गर्दै ‘ह्याप्पी भ्यालेन्टाइन्स डे’ भन्दै शुभकामना दिएकी छन् । फोटोग्राफर राजीव श्रेष्ठले खिचेको कुुनैबेलाको ती फोटोमा दीपक र दीपा रोमान्टिक देखिन्छन् । दीपाको यो पोस्टमा अन्य कलाकारले समेत ‘ह्याप्पी भ्यालेन्टाइन्स डे’ भन्दै विस गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?