+
+
Shares

वाइन पिउन फरक-फरक गिलासको प्रयोग किन गरिन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २ गते १६:०४

वाइनको खपत बढ्दो छ नेपाली समाजमा पनि । खासगरी ‘सोसल ड्रिंक’का रुपमा वाइन पिउने गरिएको छ । वाइन केही प्रकारका हुन्छन् । वाइनका प्रकार अनुसार त्यसलाई पिउने गिलासमा पनि विविधता छ । किन वाइन पिउने गिलास एकनास हुँदैन ?

रेड वाइन पिउने गिलास

परम्परागत रूपमा रेड वाइनको गिलास अग्लो र माथि चौडा हुन्छ । यस्तो गिलासमा वाइनको सुगन्ध लामो समयसम्म रहन्छ । रेड वाइनलाई बिस्तारै र सानो चुस्की लिएर पिउनुपर्छ । त्यसका लागि उपयुक्त हुने भएकोले पनि रेड वाइन यस्ता गिलासमा सर्भ गरिन्छ ।

ह्वाइट वाइन गिलास

रेड वाइनको तुलनामा ह्वाइट वाइनको गिलास लम्बाई अलिकति सानो हुन्छ र यसको मुख पनि सानो हुन्छ । ह्वाइट वाइनलाई यस्ता गिलासमा सर्भ गरियो भने चाँडै अक्सिडाइज हुँदैन । यसले यसको स्वाद लामो समयसम्म कायम राख्छ ।

बुरगन्डी वाइन गिलास

बुरगन्डी वाइन गिलास अन्य वाइन ग्लास भन्दा आकारमा ठूलो हुन्छ । यो ग्लास ठूलो आकारको हुने भएकाले यसमा प्राय रेड वाइन सर्भ गरिन्छ । रेड वाइनलाई सामान्यतया हल्लाएर पिउने भएकाले ठूलो गिलासमा गर्भ गरिन्छ ।

फ्लुट ग्लास

फ्लुट गिलास पनि वाइन पिउन प्रयोग गरिन्छ । यस प्रकारको गिलास अग्लो तर आकारमा पातलो हुन्छ । स्पार्कलिङ वाइन र शैम्पेन सामान्यतया यसमा पिउने गरिन्छ ।

अन्य पेयका लागि कस्ता-कस्ता गिलास प्रयोग ?

बियर मग

बियर पिउने गिलासलाई मग भनिन्छ, किनभने यो आकारमा ठूलो हुन्छ । यस मगको ह्यान्डल पनि ठूलो हुन्छ । जसका कारण बियर छिट्टै तातो हुँदैन । यो धेरै आकारमा उपलब्ध छन् ।

पोइन्ट गिलास

यस्तो पोइन्ट गिलास पनि बियर पिउनका लागि प्रयोग गरिन्छ । सामान्यतया पब तथा रेस्टुरेन्टमा यस्तो गिलासमा बियर सर्भ गरिन्छ । यस्ता गिलास आकारमा बेलना जस्तो हुन्छ । गिलासको माथिको भाग चौडा हुन्छ ।

ट्युलिप ग्लास

यस गिलासको आकार ट्यूलिप फूल जस्तो हुन्छ त्यसैले पनि त्यसको नाम ट्युलिप गिलास राखिएको हो । यो गिलास वाइन, बियर, बेल्जियम बियर र ह्विस्कीको लागि प्रयोग गरिन्छ । यसको डिजाइनले पेयलाई थप आकर्षक बनाउँछ ।

मार्गरिटा गिलास

फ्रोजन ककटेलहरू जस्तै ‘मार्जारिटास’ यस डबल कचौरा आकारको गिलासमा सर्भ गरिन्छ । यस्तो गिलास ठोस सामग्री गिलासको तल्लो भागमा जान्छ र माथिल्लो भागमा पेय रहन्छ।

ओल्ड फेसन रक ग्लास

यो सामान्यतया ह्विस्कीको लागि सबैभन्दा लोकप्रिय गिलास हो । यी ग्लासको तल्लो भागमा भारी हुन्छ । ह्विस्कीको प्राकृतिक न्यानोपन कायम राख्नको लागि ग्लासको तल्लो भाग भारी र बाक्लो हुनेगर्छ ।

ध्यान दिनुपर्ने कुरा

मदिराको कुनैपनि मात्रा स्वास्थ्यकर हुँदैन, हानिकारक नै हुन्छ । तर, कुनै चाडपर्वमा कहिलेकाहीँ रमाइलोको लागि निश्चित मात्रामा पिउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?