+
+
Shares

यो साता बजार घट्दा पनि मूल्य धेरै बढेका यी १० कम्पनी

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २ गते १६:२२

२ फागुन, काठमाडौं । यो साता सेयर बजार २१ अंक घटेको छ । गत साता २६९९ अंकमा बन्द भएको बजार यो साता २६७८ मा झर्‍यो । यो साता पाँचै दिन कारोबार भयो ।

पहिलो दिन आइतबार ११.४९ र सोमबार १०.९८ अंक घटेको बजार मंगलबार ६.५४ र बुधबार १.८६ अंक बढ्यो । बिहीबार पुनः ७.२६ अंक घट्यो ।

आइतबार ८ अर्ब ३९ करोड, सोमबार ६ अर्ब ९६ करोड, मंगलबार ७ अर्ब २४ करोड, बुधबार ८ अर्ब ७१ करोड र बिहीबार ७ अर्ब ९२ करोडको कारोबार  भयो ।

यो साता फाइनान्स सेक्टर सबैभन्दा धेरै २.६८ प्रतिशत बढ्यो । गत साता फाइनान्स सेक्टर नै सबैभन्दा धेरै ५.७ प्रतिशत बढेको थियो ।

यो साता उत्पादन तथा प्रशोधन सेक्टर सबैभन्दा धेरै २.६६ प्रतिशत घट्यो । गत साता विकास बैंक सेक्टर सबैभन्दा धेरै २.३ प्रतिशत घटेको थियो । लगातार घटिरहेको बैंकिङ सेक्टर यो साता पनि १ प्रतिशत घट्यो ।

धेरै कारोबार भएका कम्पनी
यो साता रकमका आधारमा धेरै कारोबार भएको कम्पनी हो : सीईडीबी होल्डिङ्स । सो कम्पनीको १ अर्ब ४७ करोडको कारोबार भयो । धेरै कारोबारमा मात्रै नभई मूल्यवृद्धिका आधरमा पनि यो कम्पनी चौथो स्थानमा रह्यो ।

त्यस्तै रकमका आधारमा धेरै कारोबार भएका अन्य कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, न्यादी हाइड्रोपावर, सप्तकोशी विकास बैंक, नेपाल रिपब्लिक मिडिया, युनाइटेड मोदी हाइड्रोपावर, सेन्ट्रल फाइनान्स, नेपाल पुनर्बीमा कम्पनी, हिमालयन पावर पार्टनर र सिन्धु विकास बैंक क्रमशः अगाडि रहे ।

कारोबार संख्याका आधारमा नेपाल रिपब्लिक मिडिया, युनाइटेड मोदी हाइड्रोपावर, सीईडीबी होल्डिङ्स, न्यादी हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, सेन्ट्रल फाइनान्स, रिभरफल्स पावर र निफ्रा क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?