
काठमाडौं । नेपालमा टियागो ईभी-२०२५ मोडेल पुरानै मूल्यमा डेलिभरी सुरु भएको कम्पनीले जनाएको छ ।
भारतको अग्रणी विद्युतीय सवारी साधन निर्माता टाटा मोटर्सले सिप्रदी ट्रेडिङ प्रालिसँगको सहकार्यमा नेपालमा टियागो ईभी-२०२५ को बुकिङका साथै डेलिभरी सुरु गरेको हो ।
उच्च कार्यक्षमता, अत्याधुनिक डिजाइन, प्रयोगकर्तामैत्री सुविधा एवम् अन्य धेरै नयाँ डिजिटल विशेषताको साथ टियागो ईभी-२०२५ मोडेल पुरानै सुरुवाती मूल्य २७ लाख ४९ हजार रुपैयामा नेपालमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका अन्तर्राष्ट्रिय व्यापार प्रमुख यश खण्डेलवालले नेपालमा विद्धुतीय सवारीसाधनले सफलता पाएकै कारण नयाँ टियागो ईभी-२०२५ प्रस्तुत गर्न उत्प्रेरित गरेको बताए ।
टाटा टियोगो ईभी आरामदायी तथा क्लच र गियरको झन्झट नहुने हुँदा गाडी चलाउन एकदमै सजिलो हुने, पार्किङका लागि सहज, किफायती र वातावरणमैत्री भएका कारण पनि यस गाडीको लोकप्रियता बढिरहेको उनले बताए ।
टियागो ईभी-२०२५ ईभीले आफ्नो विरासत कायम राख्दै विगतमा जस्तै नेपालकै सबैभन्दा बढी बिक्री हुने विद्धुतीय ह्याचब्याक बन्ने अपेक्षा कम्पनीको रहेको उनले बताए ।
सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठको अनुसार टियागो ईभी नेपाली बजारमा सर्वाधिक लोकप्रिय विद्धुतीय ह्याचब्याकको रूपमा स्थापित भइसकेको छ । यसमा सबैभन्दा सुरक्षित, सरल, एवं आरामदायी ढंगले नेपालको सहरी क्षेत्रमा यात्रा गर्न सक्ने हुनाले यो सफलता सम्भव भएको उनको भनाइ छ ।
नयाँ मोडेल २०२५ टियागो ईभी पनि आधुनिक रंग, डिजाइन, प्रविधि र सुरक्षाको दृष्टिकोणले अझ बढी अब्बल रहेका कारण नेपाली ग्राहक विश्वास जित्ने उनको भनाइ छ ।
कम्पनीका अनुसार नयाँ टियागो ईभी-२०२५ मोडेलमा ग्राहकले २६.०३ सेमीको फ्लोटिङ टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम लगायत वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्लेको सुविधा लिन सक्नेछन् । सुरक्षाको दृष्टिकोणले दुई वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम र हिल होल्ड कन्ट्रोल जस्ता विशेषताहरू यसमा रहेको कम्पनीले जनाएको छ ।
टियागो ईभीमा आईपी६८ रेटेड ब्याट्री प्याक समावेश गरिएका कारण नेपालको जस्तोसुकै भूगोलमा पनि बिना कुनै झन्झट उत्कृष्ट ढंगले काम गर्ने कम्पनीले जनाएको छ। साथै कुल्ड ग्लोभबक्स, क्रुज कन्ट्रोल र अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता विशेषताले एक विलकुलै आरामदायी यात्राको अनुभव प्रदान गर्छ । यो गाडी स्लिक एलईडी हेडल्याम्प, डीएलआर र आर१४ हाइपरस्टाइल व्हिलले सुसज्जित रहेका कारण गाडी “स्पोर्टी” र अत्याधुनिक देखिन्छ ।
टियागो ईभी २०२५ बुकिङका लागि कम्पनीमा फोन गरेर वा वेबसाइटबाट पनि गर्न सकिन्छ ।
प्रतिक्रिया 4