+

एक्सेल्सियर कपमा ६ टिम च्याम्पियन

२०८१ फागुन  २ गते १८:३८ २०८१ फागुन २ गते १८:३८
एक्सेल्सियर कपमा ६ टिम च्याम्पियन

२ फागुन, काठमाडौं । एक्सेल्सियर कपको ११औं संस्करणमा ६ टिमले शुक्रबार उपाधि जितेका छन् । बास्केटबलमा २ तथा ब्वाइज फुटसल आयोजक द एक्सेल्सियर स्कुलसहित ४ टिम च्याम्पियन बने ।

बास्केटबलको सिनियर ब्वाइजमा भ्याली भ्यु र सिनियर गर्ल्समा स्वर्णिम पहिलो भए । फुटसलको यू–९ मा राई स्कुल, यू–११ मा स्वस्तिश्री गुरुकुल, यू–१४ मा एक्सेल्सियर र यू–१६ रिब्सले उपाधि जिते ।

सिनियर ब्वाइज बास्केटबल फाइनलमा भ्याली भ्युले रेडियन्ट पब्लिकलाई ७०–४२ ले पराजित गर्‍यो । भ्याली भ्युको जितमा गणेशबहादुर विष्टले ३८ अंक योगदान गरे । हिसी ल्हामु लामाको १० अंक सहयोगमा सिनियर गर्ल्सको उपाधि भिडन्तमा स्वर्णिमले रिबसलाई २२–२० ले हरायो ।

सिनियर ब्वाइजमा भ्याली भ्यूका गणेशबहादुर विष्ट तथा गल्र्समा स्वर्णिमकी नितिशा महर्जन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा बेबी एन्जल तथा सिनियर गर्ल्समा राई स्कुल ‘इमर्जिङ टिम’ बने ।

स्वयम्भूस्थित आयोजक एक्सेल्सियरको मैदानमा भएको ब्वाइज फुटसलको यू–९ फाइनलमा राई स्कुलले संस्कृति इन्टरनेसनललाई २–१ गोलले पराजित गर्‍यो । राई स्कुलका रेहानकुमार श्रेष्ठ र आभास रेग्मीले गोल गरे ।

यू–११ को उपाधि भिडन्तमा स्वस्तिश्री गुरुकुलले एक्सेल्सियरलाई १–० गोलले हरायो । अर्नव भट्टराईले निर्णायक गोल गरे । यू–१४ को फाइनलमा एक्सेल्सियरले विद्यावाणी पाठशालालाई ४–२ गोलले पाखा लगायो । एक्सेल्सियरका कृष पाण्डेले ह्याट्रिक गरे भने साहिलराज थापाले १ गोल थपे । विद्यावाणीका अभिग्न कडरिया र प्रज्ज्वल गौतमले गोल गरे ।

यू–१६ को फाइनलमा रिब्सले बोधीसत्वमाथि ६–० को सहज जित दर्ता गर्‍यो । रिब्सका श्रमन गुरुङ, आयुश केसी, आर्यान केसी, रिसन लामा, ब्लेस गुरुङ र भिनिथ श्रेष्ठले समान १–१ गोल गरे ।

यू–९ मा संस्कृतिका अर्सभ खड्का, यू–११ मा एक्सेल्सियरका ओजस पाठक, यू–१४ मा एक्सेल्सियरका साहिलराज थापा र यू–१६ मा रिब्स श्रमन गुरुङ उत्कृष्ट खेलाडी घोषित भए । यू–९ मा राई स्कुलका इसक राणा, यू–११ मा स्वस्तिश्रीका समिर बोहरा, यू–१४ मा एक्सेल्सियरका अन्शुमननन्द वैद्य र यू–१६ मा रिब्सका आरुस केसी उत्कृष्ट गोलरक्षक चुनिए ।

यू–९ मा जोन डेवी, यू–११ मा बोधी वृक्ष, यू–१४ मा काठमाडौं लिङकन र यू–१६ मा एलआरआई ‘इमर्जिङ टिम’ बने ।

दसदिने प्रतियोगिताअन्तर्गत बास्केटबलको ब्वाइजमा १६ तथा गर्ल्समा १२ टिमले सहभागिता जनाएको एक्सेल्सियरका बास्केटबल प्रशिक्षक आशिष महर्जनले जनाएका छन् ।

फुटसलको यू–९ मा ९, यू–११ मा १४ तथा यू–१४ र यू–१६ मा समान १२–१२ टिमले भाग लिएका थिए । यू–९ को प्रतिस्पर्धा पहिलो पटक समावेश गरिएको हो ।

एक्सेल्सियर कप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय