+

अन्जन विष्ट एफसी चितवनको मार्की खेलाडी

२०८१ फागुन  २ गते १९:०६ २०८१ फागुन २ गते १९:०६
अन्जन विष्ट एफसी चितवनको मार्की खेलाडी

२ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय टिमका फरवार्ड अन्जन विष्ट एफसी चितवनको मार्की प्लेअर नियुक्त भएका छन् ।

नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको लागि चितवनले अन्जनलाई मार्की नियुक्त गरेको हो ।

पहिलो सिजन ललितपुर सिटी एफसीको मार्की प्लेअर रहेका अन्जन दोस्रो सिजन नयाँ टिम झापा एफसीको मार्की खेलाडी बनेका थिए । तेस्रो सिजन उनी तेस्रो क्लबको मार्की बनेका हुन् ।

अन्जन तीन संस्करणमा तीन फरक क्लबबाट मार्की बन्ने अन्जन एक मात्र खेलाडी हुन् ।

एनएसएलको नयाँ सिजन आगामी मार्च २९ देखि सुरु हुने तय छ । जसमा चितवनसहित ७ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली राष्ट्रिय टोलीबाट संयुक्त रुपमा कीर्तिमानी १३ गोल गरेका अन्जनले चितवनमा अनुबन्ध हुँदा पाउँदा खुशी व्यक्त गरेका छन् । ‘एफसी चितवनमा आबद्ध हुन पाउँदा म उत्साही छु र एनएसएलको नयाँ सिजनका लागि तयार छु,’ चितवनले जारी गरेको विज्ञप्तिमा अन्जनले भनेका छन्, ‘मेरो नयाँ टोलीका खेलाडीसँग सहकार्यको प्रतीक्षामा छु र क्लबलाई सफलता दिलाउन आतुर छु ।’

चितवनका अध्यक्ष सचिन ढकालले अन्जनलाई अनुबन्धन गर्दा आफूहरू उत्सहित भएको बताए । ‘उनको ट्र्याक रेकर्ड, व्यावसायिकता र समर्पण हाम्रा लागि राम्रो हुने विश्वास लिएका छौं ।’

एपसी चितवनले यसअघि मुख्य प्रशिक्षकमा यसअघि नै नवीन न्यौपानेलाई नियुक्त गरिसकेको छ ।

अन्जन विष्ट एफसी चितवन मार्की खेलाडी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय