+

बीएनएससी छैटौं फिर्दोस नाबीजादा मेमोरियल कप फुटबल प्रतियोगितामा सहभागी हुने

२०८१ फागुन  २ गते १९:५६ २०८१ फागुन २ गते १९:५६
बीएनएससी छैटौं फिर्दोस नाबीजादा मेमोरियल कप फुटबल प्रतियोगितामा सहभागी हुने

२ फागुन, काठमाडौं । क्यानडाको टोरन्टोस्थित प्रसिद्ध नेपाली सामुदायिक क्लब ब्रदरहुड नेप्लिज स्पोर्ट्स क्लब (बीएनएससी) ले यस वर्ष पनि छैटौं फिर्दोस नाबीजादा मेमोरियल कप फुटबल प्रतियोगिता मा सहभागिता जनाउने भएको छ।

क्यानडा सकरद्वारा मान्यता प्राप्त यो प्रतियोगिता यही फेब्रुअरी १७ मा आयोजना हुने तय भएको छ। बीएनएससीलाई पुनः यो ऐतिहासिक अवसर प्राप्त हुनु गौरवको विषय भएको क्लबका प्रवक्ता अमृत वस्तीले जनाएका छन् ।

यस प्रतियोगितामा क्यानडियन लिग तथा लिगा वन खेलेका अनुभवी खेलाडीहरूले समेत भाग लिने भएकाले प्रतिस्पर्धा उच्चस्तरको हुने अपेक्षा गरिएको छ।

बीएनएससीका प्रशिक्षक प्रकाश जंग शाहले आफ्ना खेलाडीहरू तयारी अवस्थामा रहेको बताउँदै उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन्।

प्रतियोगिता ओन्टारियोको इन्डोर एरिनामा खेलाइनेछ। बीएनएससीका अध्यक्ष सुशान्त राउतले यस प्रतियोगिता ओन्टारियो राज्यकै प्रतिष्ठित खेलहरूमध्ये एक भएको बताउँदै नेपाली समुदायको प्रतिनिधित्व गर्दै क्लबले सहभागिता जनाउनु गर्वको कुरा भएकवो उल्लेख गरे ।

क्यानडामा नेपाली समुदायबीच फुटबलको लोकप्रियता बढ्दै गइरहेको छ। विभिन्न नेपाली क्लबहरूले आफ्नै स्तरमा प्रतियोगिताहरू आयोजना गरिरहेका छन् भने बीएनएससी जस्ता क्लबहरू अन्तर्राष्ट्रिय स्तरका खेलमा समेत प्रतिनिधित्व गर्न सफल भइरहेका छन्।

फिर्दोस नाबीजादा मेमोरियल फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय