+
+
Shares

आइतबारदेखि नेपालभर ‘एक्टर : टेक वन’को प्रदर्शन रोक्ने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २ गते २०:४८

काठमाडौं । आइतबारदेखि फिल्म ‘एक्टर : टेक वन’को प्रदर्शन स्थगित हुने भएको छ । निर्माताले शुक्रबार वक्तव्य जारी गर्दै प्रदर्शन तत्काललाई रोक्ने निर्णय गरेको जनाएका हुन् ।

वितरण कम्पनी डिजिटल सिनेमा नेपालले पनि आइतबारदेखि प्रदर्शन रोक्न भन्दै मातहतका हललाई इमेल गरेको छ । शुक्रबार काठमाडौं जिल्ला अदालतमा दायर एक मुद्दाको किनारा नलागेसम्म प्रदर्शन स्थगित गर्ने निर्णय भएको निर्माताद्वय थमन भण्डारी र मोती कार्कीले जनाएका छन् ।

‘एक्टर : टेक वन’को निर्माता कम्पनीमध्येको एक अ मोती फिल्म्स प्रालिले विहिबार काठमाडौं जिल्ला अदालतमा अर्को फिल्म ‘एक्टर’को निर्माता कम्पनी नेपाली डायस्पोरा इन्टरटेनमेन्ट प्रालिलाई विपक्षी बनाउँदै मुद्दा दायर गरेको थियो । यो मुद्दामा अनुचित लाभ लिन खोजेको आरोप लगाइएको छ ।

अदालतले दुबै पक्षलाई चैत ६ गते छलफलमा बोलाएको छ । यो मुद्दाको अन्तिम किनारा नलागेसम्म प्रदर्शन स्थगित गर्ने निर्णय निर्माताले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?