+
+
Shares

इजिप्टमा हुने मिस इकोमा नेपालको प्रतिनिधित्व संस्कृति भट्टले गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २ गते २१:१२

काठमाडौँ । इजिप्टमा आयोजना हुने सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेसनल २०२५’मा नेपालको प्रतिनिधित्व संस्कृति भट्टले गर्ने भएकी छन् । नेपाली संस्करणका उपाधि जितेसँगै उनी छनोट भएकी हुन् ।

शुक्रबार ग्रीन आर्ट मिडियाले फिनाले आयोजना गरेको थियो । भट्टलाई अघिल्ला विजेता क्रमशः फ्लाविया मर्हजन, सोफिया भुजेल र रोनाली अमात्यले ताज लगाइदिए ।

अप्रिलमा हुने ‘मिस इको इन्टरनेसनल’मा ६० मुलुकका सुन्दरीले प्रतिस्पर्धा गर्नेछन् । जसका लागि भट्टले तयारी सुरु गर्नेछिन् । उनलाई कोरियोग्राफर अनिला श्रेष्ठ लगायतका मेन्टरले तयारीमा मद्दत गर्नेछन् ।

समारोहमा भट्टले यो प्लाटफर्म आफ्ना लागि अवसर भएको बताइन् । अन्तर्राष्ट्रिय समारोहमा आफूले नेपालको सांस्कृतिक र पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्ने बताइन् ।

मिस इको इन्टरनेसनल आयोजना एलटीसिपी अर्गनाइजेसनले पर्यटन र वातावरणको क्षेत्रमा कार्यसूची बनाइ इजिप्टदेखि सन् २०१५ देखि सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?