
३ फागुन, हुम्ला । हुम्लामा रहेको संग्रहालय अलपत्र परेको छ । ०६८/६९ मा साविक जिल्ला विकास समिति हुम्लाले स्थापना गरेको हुम्ला संग्राहालय अलपत्र परेको हो ।
०७२ सालमा सिमकोट विमानस्थल गेट बाहिर राखिएको संग्रहालयमा जिल्लामा पाइने स्थानीय उत्पादन, स्थानीय पोसाक र पर्यटन झल्काउने जिल्लाका तस्वीरहरु छन् । तर, सरोकारवाला निकायको बेवस्तापछि संग्रहालय अलपत्र बनेको छ ।
संग्रहालयमा हुम्लामा पाइने कृषि औजारका सामान हलो, जुवा, जोतारो, मुदुस, कोदो चुट्ने ग्याबरी, स्थानीय पोसाकहरू रहेको सिमकोट गाउँपालिकाका लेखापाल विशाल बोहराले जानकारी दिए । ‘हुम्लाका विभित्र समुदाय पहिचान झल्किने पोसाक, पर्यटकीय स्थलको तस्वीरलगायत राखिएको थियो,’ उनले भने, ‘ जिल्ला समन्वयन समिति संरक्षण रहेको छ ।’
संङग्रलय रेखदेखमा खटाइएका धनराशी रोकायाका अनुसार कृषि औजार थुमा, काठ दुम्च्या, मुसल, हलो, जुवा, रातो बोखु र पटुकी , धोती, चोलो, सुपो,लगातका सामान संग्राहालयमा छन् ।
जिल्ला समन्वय समिति हुम्लाका अनुसार संग्राहालय आर्थिक अभावले अलपत्र परेको हो । संघ, प्रदेश सरकारले आर्थिक व्यवस्थापन नगरेपछि व्यवस्थापन गर्न नसकिएको जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले बताए ।
समन्वय समितिले संरक्षण गर्न नसक्ने भएपछि सिमकोट गाउँपालिकासँग समन्वयन गरी हस्तान्तरणको पहल भइरहेको उनले बताए ।
जिल्ला समन्वय समितिले हस्तान्तरण गरेपछि संग्राहालयको संरक्षण गर्न तयार रहेको सिमकोट गाउँपालिकाका उपाध्यक्ष सुशीला रोकायाले बताइन् ।
प्रतिक्रिया 4