+
+
Shares

अध्यादेशमा बिचौलियाको प्रभाव रहेकाले हामी विपक्षमा छौं : नेपाल

भूमिसम्बन्धी अध्यादेशमा झन् आपत्ति

बिचौलियाको प्रभावमा परेरै कारण रकारले संसद् बोलाउन छोडेर हतार हतार अध्यादेश ल्याएको एकीकृत समाजवादीका अध्यक्ष नेपालको दावी ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ३ गते १९:२६

३ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बिचौलियाको प्रभावमा परेर सरकारले अध्यादेश ल्याएकाले समर्थन गर्न नसक्ने बताएका छन् । भूमिसम्बन्धी अध्यादेशमा सबैभन्दा बढी आपत्तिजनक रहेको उनको भनाइ छ ।

पार्टीको बागमती प्रदेशको प्रथम अधिवेशनलाई काठमाडौंमा शनिबार सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

संसद्को अधिवेशन बोलाउने बेला सरकारले विधि मिचेर अध्यादेश ल्याएको उनको भनाइ छ । ‘संसद्को अधिवेशन बोलाउने बेलामा सरकारले अध्यादेश ल्यायो । संसदीय समितिमा विचाराधीन विधेयकहरू छन् । तिनलाई समेत मिचेर अध्यादेश आएको छ,’ अध्यक्ष नेपालले भने, ‘यी अध्यादेश बिचौलियाको प्रभावमा परेर ल्याइएको हुनाले हाम्रो पार्टीले समर्थन गर्न सकेन ।’

उनले संसद् अधिवेशन बोलाउन ढिलाइ भइसक्दा पनि नबोलाउने र हतार हतार अध्यादेश ल्याउने कामबाटै सरकार बिचौलियाको प्रभावमा परेको छ भन्ने पुष्टि हुने तर्क गरे ।

सरकारले हालै दर्ता गराएको सामाजिक सञ्जाल नियमन विधेयकमा पनि गलत नियत रहेको भन्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले विधेयक पारित भए अनलाइन सञ्चारमाध्यमहरूले कसेको आलोचना गरेर समाचार लेख्नसमेत नपाउने दावी गरे । आलोचना गरेर समाचार लेखे त्यस्ता सञ्चारमाध्यमलाई आर्थिक जरिवाना र जेलसम्मको दण्ड दिने नियत सरकारको रहेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?