+

केन्याका विल्सनले जिते पोखरा म्यारथनको उपाधि, हाफ म्याराथनमा सन्तोषी च्याम्पियन

२०८१ फागुन  ३ गते १९:२७ २०८१ फागुन ३ गते १९:२७
केन्याका विल्सनले जिते पोखरा म्यारथनको उपाधि, हाफ म्याराथनमा सन्तोषी च्याम्पियन

३ फागुन, पोखरा । केन्याली धावक विल्सन चेरियुयिटले १९औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि जितेका छन् । शनिवार पोखरामा भएको ४२.१९५ किमि म्याराथनतर्फ केन्याली धावकहरुको वर्चस्व रह्यो ।

नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा भएको म्याराथनमा केन्याली धावक विल्सन चेरियुयिटले २ घन्टा १७ मिनेट २४ सेकेण्डमा दौड पुरा गर्दै च्याम्पिपियन बनेका हुन् ।

उनले यसअघि केन्याकै धावक जुलियस मुरियाली वाहोमले राखेको २ घण्टा १९ मिनेट ३६ सेकेण्डको रेकर्ड तोडेका हुन् ।

यस्तै १८औं सस्करणको विजेता जुलियस मुरियाली वाहोम विल्सन भन्दा २ सेकेण्ड पछि पर्दै दोस्रो भए । ज्लियनले २ घन्टा १७ मिनेट २६ सेकेण्डमा दौड पुरा गरे । अर्का केन्याली धावक ओनेसमस गिताउ जोरोगले २ घन्टा १८ मिनेट २१ सेकेण्डमा पुरा गरी तेस्रो भए ।

च्याम्पियन विल्सनले नगद ५ लाख हात पारे भने जुलियसले ३ लाख र ओनेसमसले २ लाख पुरस्कार पाए ।

म्याराथनतर्फ नै १३औं सागमा स्वर्ण विजेता नेपाली धावक किरण सिंह बोगोटी चौथो भए । नेपाली धावक निरोज भट्ट क्षेत्री पाँचौ, रिखुलाल सिंह मगर छैटौँ, दिनेश सिंह बोगोटी सातौँ र केन्याली धावक माइकल माथिया आठौं भए । उनीहरुले क्रमश: ५०, २०, १५ र १० हजार हात पारे ।

गण्डकी प्रदेशतर्फको म्याराथनमा निरोज भट्ट क्षेत्री २ घन्टा ३८ मिनेट २२ सेकेण्ड समया दौड पूरा गर्दै पहिलो भए । त्यस्तै रिखुलाल मगर दोस्रो, दिनेश सिंह बोगोटी तेस्रो, मिनराशी विक चौथो, अशोक बराम पाँचौ, सनम गुरूङ छैटौं र प्रितम गुरूङ सातौं भए । उनीहरुले क्रमश: ५०, ३०, २०, १५, ८, ६ र ४ हजार प्राप्त गरे ।

पुरुष २१ किमि हाफ म्याराथनमा केन्याली धावक जोन बान्सतराले १ घन्टा ०९ मिनेट ०७ सेकेण्डको समयमा दौड पुरा गरि पहिलो हुँदा, नेपाली धावक सन्तोष विक्रम विष्ट १ घन्टा ९ मिनेट ५६ सेकेण्डमा दौड पुरा गरी दोस्रो, तथा गजेन्द्र राई १ घन्टा १० मिनेट ०२ सेकेण्डमा दौड पुरा गरी तेस्रो भए ।  केन्याली धावक इम्यान्युल किप्तारबी चौथो र उमेश थापा पाचौ बने । उनीहरुले क्रमश: ७५ हजार, ५० हजार, ३० हजार, १५ र ५ हजार प्राप्त गरे ।

यस्तै महिला २१ किमि दौडमा नेपाली धाविका ओलम्पियन सन्तोषी श्रेष्ठले १ घन्टा २० मिनेट ०३ सेकेण्डमा दौड पुरा गर्दै पहिलो भइन् । पोखरा म्याराथनमा उनको यो लगातार दोस्रो जित हो । त्यस्तै केन्याली धाविका स्वारोन जोनोटिक १ घन्टा २१ मिनेट ०७ सेकेण्डको समयसहित दोस्रो तथा पुष्पा भण्डारी १ घन्टा २३ मिनेट ०८ सेकेण्ड समयमा दौड पुरा गरी तेस्रो भइन् । आश्मा विक चौथो र द्रोपता कुमारी कठायतले पाँचौ भए । उनीहरुले क्रमश: १ लाख ५० हजार, १ लाख, ७५ हजार १५ हजार ५ हजार प्राप्त गरे ।

१० किमि पुरुष दौडमा ३६ मिनेट ०५ सेकेण्डमा दौड पुरा गरी शुभम लामिछाने पहिलो भए । राजेन्द्र तामाङ ३६ मिनेट १४ सेकेण्डमा दोस्रो तथा बादल कार्की ३६ मिनेट ४७ सेकेण्डमा दौड पुरा गरी तेस्रो भए ।

यसै इभेन्टको महिलातर्फ सुमित्रा कुमारी चौधरी ३८ मिनेट ५६ सेकेण्डमा दौड पुरा गरी पहिलो भइन् । ४४ मिनेट ३२८ सेकेण्ड समयसहित आशा रावत दोस्रो र नारायणी भण्डारी ४४ मिनेट ४३ सेकेण्डमा दौड पुरा गरी तेस्रो भइन् । उनीहरुले क्रमश: ३०, २० र १० हजार प्राप्त गरे ।

५ किमि छात्रतर्फ सुगन लामिछाने, सुजन नेपाली र इश्वर ढकाल क्रमश: पहिलो, दोस्रो र तेस्रो हुँदा छात्रातर्फ मेनुका अधिकारी, एन्जिला जिटी र साधना परियार क्रमश: पहिलो दोस्रो र तेस्रो भए । उनीहरुले क्रमश: १५ हजार, १० हजार ७ हजार प्राप्त गरे ।

भेट्रान्स पुरुष ५० माथीको दोडमा धर्म महर्जन पहिलो, रेवत बहादुर ढकाल दोस्रो र अभी नारायण अधिकारी क्रमश: पहिलो, दोस्रो र तेस्रो बने । यस्तै महिलातर्फ टोल माया थापा पहिलो, दुर्गा लक्ष्मी गुरूङ दोस्रो र राम माया गुरूङ तेस्रो भइन् । उनीहरुले क्रमश: १५ हजार, १० हजार ७ हजार प्राप्त गरे ।

पोखरा अन्तर्राष्ट्रिय म्यारथन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय