+
+
Shares

डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जोशी मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ३ गते १९:४६

३ फागुन, डडेल्धुरा । तीन दिनदेखि बेपत्ता डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कालीप्रसाद जोशी मृत फेला परेका छन् ।

अमरगढी नगरपालिका– २ कुस्माली भन्ने ठाउँमा शनिबार अपराह्न जोशीको शव भेटिएको प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रहरी निरीक्षक बमका अनुसार अमरगढी नगरपालिका– २ भेल घर भएका जोशी १ फागुनको बिहान ११ बजेदेखि सम्पर्कविहीन थिए । तीन दिनपछि जोशी मृत फेला परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?