
काठमाडौं । गतवर्षको व्यवसायिक हिट फिल्म ‘दयारानी’ ओटीटी प्लाटफर्ममा रिलिज भएको छ । सिनेमाघरले शनिबारदेखि फिल्मको स्ट्रिमिङ थालेको हो ।
नेपाली भाषाको फिल्ममा अभिनेता समेत रहेका माओत्से गुरुङको डेब्यु निर्देशकीय फिचरमा दयाहाङ राई, दीया पुन र विजय बरालको शीर्ष भूमिका छ । फिल्मले निःसन्तान दम्पतिको कथावस्तु पेश गर्छ ।
गतवर्ष हलमा रिलिज भएको यो फिल्म सोही वर्ष सर्वाधिक नाफा कमाउने नेपाली फिल्म समेत हो । बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको यस फिल्ममार्फत निर्देशक गुरुङले मूलधारको फिल्ममेकिङमा पाइला अघि बढाएका हुन् ।
सिनेमाघर ओटीटी एन्ड्रोइड र आइओएस मोबाइल, स्मार्ट टिभीसहित ल्यापटप र डेस्कटपमा पनि उपलब्ध छ । दर्शकले मास्टर कार्ड र भिसा कार्ड प्रयोगसहित नेपालबाट डिजिटल वालेटबाट रकम भुक्तानी गरेर हेर्न सक्ने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4