+
+
Shares

विपिन स्टारर ‘कर्मा’को छायांकन सकियो, २९ चैतमा रिलिज लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ३ गते १९:५८

काठमाडौं । ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरी निर्देशित फिल्म ‘कर्मा’को छायांकन सम्पन्न भएको छ । मंसिर अन्त्यदेखि सुरु छायांकन ६० दिनमा सकिएको हो ।

दाङ र काठमाडौं आसपासमा छायांकन गरिएको थियो । नेपाली नयाँवर्षको छेकोमा २९ चैतदेखि फिल्म प्रदर्शनमा आउनेछ । नेपालसहित अन्तर्राष्ट्रिय बजारमा समेत फिल्मको प्रदर्शन हुने जनाइएको छ ।

फिल्मको पहिलो झलक सार्वजनिक भैसकेको छ जहाँ, शीर्ष पात्रको रुपमा विपिन कार्कीलाई प्रस्तुत गरिएको थियो । ‘नाका’पछि कार्कीको यो एक्सन कमब्याक फिल्म समेत हो ।

एक्सन र ट्राभल कथावस्तुको फिल्ममा विपिनसँगै उपासनासिंह ठकुरी, मुकुन भुसाल, दिब्यदेव लगायतको अभिनय छ । मुकुन यो फिल्ममा नकारात्मक रोलमा छन् । नेगेटिभ क्यारेक्टरमा छन् । आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहेको ‘कर्मा’मा वसन्त लम्सालको लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?