
३ फागुन, काठमाडौं । गृहमन्त्री रमेश लेखकले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वास्थ्यअवस्थाबारे जानकारी लिएका छन् ।
कीर्तिपुरस्थित बर्न अस्पताल पुगेर गृहमन्त्री रमेश लेखकले स्वास्थ्यअवस्थाबारे जानकारी लिएका हुन् ।
पोखरा भ्रमण वर्ष उद्घाटनको क्रममा आगो लागेर घाइते भएका पौडेल र आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालको सघन कक्षमा उपचार भइरहेको छ ।
गृहमन्त्री लेखकले दुवैलाई भेट्नका साथै उपचारमा संलग्न चिकित्सकहरूसँग छलफल गरेका थिए ।
स्वास्थ्यअवस्थाबारे जानकारी लिएपछि गृहमन्त्री लेखकले सञ्चारकर्मीहरूसँग चिकित्सकहरूले राम्ररी उपचार गरिरहेको बताए ।
‘पोलेको धेरै गहिरो छैन, बाहिर पोलेको छ भन्नुभएको छ । उपचार राम्रो भइरहेको छ,’ उनले भने ।
उनले पहिले पहिले पनि कार्यक्रमहरूमा बेलुनमा हावा भरेर उडाउने हुँदै आएको भन्दै भने, ‘बेलुनमा हावा भरेर उडायनु घातक हुने रहेछ । पहिले पहिले पनि उडाउने गरिएकै हो, तर दुर्घटना भन्ने कुरा अचानक हुन्छ ।’
उनले आइन्दा यस्तो दुर्घटना नदोहोरिने गरी व्यवस्था गर्न सरकार लाग्ने बताए ।
प्रतिक्रिया 4