+

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता खेल्न आइपुगिन् रेखा

२०८१ फागुन  ३ गते २०:१९ २०८१ फागुन ३ गते २०:१९
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता खेल्न आइपुगिन् रेखा

३ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड रेखा पौडेल राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता खेल्न नेपाल आइपुगेकी छन् ।

व्यावसायिक क्लब फुटबल खेल्न यूएईमा रहेकी रेखा अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा राष्ट्रिय टोलीको खेलका लागि शनिबार नेपाल आइपुगेकी‌ हुन् । रेखालाई एन्फाका अफिसियलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता यही फागुन ५ देखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुँदैछ । जहाँ नेपालसहित म्यानमार, लेबनान कीर्गिस्तान सहभागी छन् ।

कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बा यसअघि नै नेपाल आइसकेकी छन् भने स्टार फरवार्ड सावित्रा भण्डारी सोमबार विहानसम्म आइपुग्ने तय छ । सावित्राले सोमबारको पहिलो‌ खेल गुमाउने सम्भावना पनि छ ।

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता रेखा पौडेल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय