+
+
Shares

पेट्रोलको मूल्य १ रुपैयाँ बढ्यो, डिजल–मट्टीतेल ४ रुपैयाँ घट्यो

शनिबार मध्यरातबाट समायोजित मूल्य लागू हुने नेपाल आयल निगमनले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ३ गते २०:४१

३ फागुन, काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गरेको छ । पेट्रोलको मूल्य बढाएको छ भने डिजेल तथा मट्टीतेलको मूल्य घटाएको छ ।

३ फागुनको मध्यरातबाट लागू हुने गरी निगमनले इन्धनको मूल्य समायोजन गरेको हो । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढेको छ । डिजेल तथा मट्टितेलको मूल्य भने ४ रुपैयाँ घटेको छ ।

इन्डियन आयल कर्पोरेशनबाट शनिबार १५ फेब्रुअरी २०२५ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा ५८ पैसा वृद्धि भएको छ भने डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ ५९ पैसा घटेर आएको छ ।

सोहीअनुसार नयाँ मूल्य समायोजन गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तो छ नयाँ मूल्य :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?