+

चिनियाँ टोलीसँगको खेलका क्रममा आशिषको खुट्टा भाँचियो

२०८१ फागुन  ३ गते २१:१२ २०८१ फागुन ३ गते २१:१२
चिनियाँ टोलीसँगको खेलका क्रममा आशिषको खुट्टा भाँचियो

३ फागुन, काठमाडौं । चीनको युनान फुटबल टोलीसँग शनिबार भएको मैत्रीपूर्ण फुटबल खेलका दौरान नेपाली खेलाडी आशिष राई चोटग्रस्त बनेका छन् ।

खेलको ३७औं मिनेट चलिरहँदा विपक्षी खेलाडी मोरी डेलेले ट्याकल गर्दा दुवैजना लडेका थिए । सो क्रममा आशिषको भने बाँया खुट्टा विभिन्न ठाउँमा (मल्टिपल फ्र्याक्चर) भाँचिएको एन्फाले जनाएको छ । उनको अहिले अस्पतालमा उपचार सुरू भइसकेको छ ।

चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपाली युवा टोली युनान प्रान्तीय टोलीसँग २-० गोलअन्तरले पराजित भएको छ ।

गत वर्ष देखि चिनिया नयाँ वर्षको अवसरमा नेपाल युथ टोली र युनान प्रान्तिय टोलीबीच मैत्रीपूर्ण खेल सुरु भएको हो ।  गत वर्ष नेपाली युवा टोली ५-१ ले विजयी भएको थियो ।

आशिष राई

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय