+

मेरिनोको दुई गोलमा आर्सनलले लेस्टरलाई हरायो

२०८१ फागुन  ३ गते २२:१२ २०८१ फागुन ३ गते २२:१२
मेरिनोको दुई गोलमा आर्सनलले लेस्टरलाई हरायो

३ फागुन, काठमाडौं । मिकेल मेरिनोले अन्तिम दश मिनेट भित्र दुई गोल गरेपछि आर्सनलले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई २-० ले पराजित गरेको छ ।  शनिबार साँझ भएको खेलमा आर्सनलले लेस्टरलाई उसैको मैदानमा हराएको हो ।

लेस्टरले घरेलु मैदानमा ८० मिनेटसम्म आर्सनललाई गोलरहित बराबरीमा रोकेको थियो । तर आर्सनलका मेरिनोले अन्तिम दश मिनेटमा दुई गोल गरे । उनले ८१औं मिनेटमा पहिलो गोल गरे भने ८७औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ३ अंक दिलाए ।

जितपछि दोस्रो स्थानको आर्सनलको २५ खेलमा ५३ अंक भएछ । शीर्ष स्थानको लिभरपुलभन्दा आर्सनल अझै ४ अंकले पछि छ भने लिभरपुलले एक खेल कम खेलेको छ । लेस्टर १७ अंकसहित १९औं स्थानमा छ ।

इंग्लिस प्रिमियर लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय