+
+
Shares

निजामती र शिक्षा विधेयक अगाडि बढाउन पहल लिने सत्तारुढ दलको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ४ गते ११:१५

४ फागुन, काठमाडौं । सत्तारुढ दलका प्रमुख सचेतकहरूले संसद्मा विचाराधीन विधेयकहरूलाई दुवै सदनबाट अघि बढाउन पहल लिने निर्णय गरेका छन् ।

सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार आइतबार बिहान सिंहदरबारमा सत्तापक्षका दलका प्रमुख सचेतकहरूको बैठक बसेको थियो । एमालेको संसदीय दलको कार्यालयमा बसेको बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा दलका प्रमुख सचेतकको उपस्थिति थियो ।

बैठकपछि बर्तौलाले संघीय निजामती विधेयक र शिक्षा विधेयक लगायतका संसद्मा विचाराधीन सबै विधेयकहरूलाई दुवै सदनबाट अघि बढाउन पहल लिने निर्णय गरेको जानकारी दिए ।

‘संसद्‍मा विचाराधीन विधेयकहरूलाई दुवै सदनबाट अघि बढाउने विषयमा छलफल भएको छ’ उनले बताए । चालु अधिवेशन विधेयक अधिवेशन रहेकाले पनि बढी भन्दा बढी ऐन बनाउने विषयमा छलफल भएको उनले जानकारी दिए । उनका अनुसार महत्वपूर्ण विधेयक अगाडि बढाउन पहल लिने निर्णय भएको छ ।

‘संघीय निजामती विधेयक, शिक्षा विधेयक अगाडि बढ्छ कि बढ्दैन भन्ने छ । हाम्रो आजको बैठकको निष्कर्ष हो- दुवै हाउसमा रहेका महत्वपूर्ण विधेयकलाई निष्कर्षमा पुर्‍याउने । एउटाबाट पारित भएर अगाडि बढेका विधेयक अर्को हाउसमा पनि पारित गरेर अगाडि बढाइहाल्न पहल लिने निर्णय भएको छ’ बर्तौलाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?